बुटवल, ९ असार । रुपन्देहीका दुई छुट्टाछुट्टै स्थानमा दुईजनाले आत्महत्या गरेका छन । जिल्ला प्रहरी कायर्कालय रुपन्देहीका अनुरास कञ्चन गाउँपालिकामा १४ वर्षिय एक बालिकाले आत्महत्या गरेकी छन् । कञ्चन गाउँपालिका–१ की सुनिता बिकले आफ्नै चुन्नीले पासो लगाएर झुण्डिएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यलय सालझण्डीले जनाएको छ ।उनी शुक्रबार विहान करिब ८ बजेको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेकी थिइन । स्थानीय विद्यालयमा कक्षा ५ बाट उत्तिर्ण भई कक्षा ६ मा अध्ययन गर्ने किशोर अवस्थाकी उनले किन आत्महत्या गरिन् भन्ने कारण जानकारी भएको छैन ।
उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइएको र घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।यस्तै रुपन्देहीमा एक जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । जिल्लाको गैडहवा गाउँपालिका–७ बिसौरीयाका ५५ वर्षीय प्रमु कहारले सल्फास नामक बिषादी सेवन गरी आत्महत्या गरेका प्रहरी प्रवक्ता वैदवारले बताउनु भयो । उनको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । उनले के कारणले बिषादी सेबन गरी आत्महत्या गरेका हुन भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बुटवलमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ रामपथ स्थित भित्रि सडक खण्डको खालि जग्गामा बिहीबार एक पुरुषको मृत अवस्थामा बेबारिसे शव फेला परेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता राजकुमार वैदवारले बताउनु भयो । पहाडी मुलको मागि खाई हिड्ने जस्तो देखिने अन्दाजी ४०÷४५ वर्षको पुरुष व्यक्ति घोप्टो परि मृत अवस्थामा फेला परेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत बताउनु भयो ।
प्रतिक्रिया