लुम्बिनी

ट्रक व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ८ बँुदे ज्ञापनपत्र



बुटवल, ९ असार । देशभरका ट्रक यातायात व्यवसायीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । ट्रक व्यवसायिका समस्या समाधानको माग गर्दै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारमार्फत प्रानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवल र लुम्बिनी ट्रक यातायात व्यवसायी संघले संयुक्त रुपमा सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । 

        पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष तथा ट्रक यातायात व्यवसायी महासंघ प्रदेश पाँंचका संयोजक यमप्रसाद पाण्डे, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेल र महासचिव रुमाखर गौतम सहितको टोलीले ज्ञापन पत्र बुझाएको हो । प्रधान मन्त्रीलाई पठाईएको ज्ञापन पत्रमा ढुवानी सेवालाई मुल्य अभिवृद्वि कर सीमा भित्र नराखी मुल्य अभिवृद्वि कर ऐन २०५२ को दफा ५ को उपदफा तीनसंग सम्बन्धित अनुसूची एक खण्ड नौमा राख्नुपर्ने लगायत आठ बुंदे माग रहेका छन ।  लकडाउन अवधीको सबै प्रकारका सवारी साधन कर, जांचपास, बाटो ईजाजत पत्रहरुमा कर छुटगरी नविकरण हुन नसकेका गाडीको जरिवाना र विलम्ब शुल्क नलिन ट्रक व्यवसायिले माग गरेका छन । 

        लकडाउनका कारण गाडिहरु नचलेकाले बैंकको व्याँज मिनहा, व्याँजमा लाग्ने हर्जना र किस्ताको भाका सानुपर्ने ज्ञापन पत्रमा उल्ल्ेख गरिएको छ । जोखिम मोलेर सवारीका साधन चलाउने चालक तथा मजदुरहरुलाई स्वास्थ्य परिक्षण गरी स्वास्थ्य सामाग्रीको व्यवस्था गर्नुपर्ने व्यवसायीले ज्ञापन पत्रमार्फत सरकारसंग माग गरेका छन् । 

        सडक इजाजतपत्र विना झन्झट सवारी दर्ताको आधारमा दिने व्यवस्था हुनुपर्ने, अहिलेसम्म अञ्चलको संरचनामा सञ्चालित सबै प्रकारका सवारी साधनहरुलाई प्रचलित कानुन अनुसार प्रदेशीकरण गरी निशुल्क र सरल व्यवस्था गर्नुपर्ने व्यवसायीका माग रहेका छन् । त्यस्तै प्रत्येक वर्ष साउन १ गतेपछि नविकरण गर्दा दुई वर्षको कर तिर्नुपर्ने प्रावधान खारेज गर्नुपर्ने लगायत मागसहित प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाईको छ । ज्ञापन पत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले व्यवसायीका माग तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाइदिने आश्वासन दिनुभएको छ ।

प्रकाशित : ९ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६