कपिलवस्तु, १० असार । कोरोनाको कारण विद्यालय संचालन नहुदा कपिलवस्तुमा रेडियो शिक्षा कार्यक्रम संचालन गर्ने तयारी गरीएको छ । मंगलवार शिक्षा विकास तथा समन्वय ईकाईले बैठक आयोजना गर्दै जिल्ला गरी समेटीने गरी कार्यक्रम संचालन गर्ने तयारी गरेको छ ।
कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले संचालन गर्ने छ । महासंघलाई कालिका स्वास्लम्वन सामाजिक केन्द्र तथा युनिसेफले सहयोग गर्ने अध्यक्ष डिलाराम भुसालले बताउनु भयो । बैठकमा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरेले कक्षा ४ देखी ८ सम्मको विषयवस्तुको स्थानिय रेडियो बाट प्रशारण हुने वताउनु भयो । दैनिक एउटा विषयको ३० मिनेटको कक्षा संचालन गरीने छ । सवै बिद्यालय संग सहकार्य गरी अभिभावक र बालवालिकालाई समेत जानकारी दिने सहयोगी संस्था कालिकाका कार्यकारी निर्देशक अर्जुन थापा मगरले जानकारी दिनुभयो ।
प्रतिक्रिया