लुम्बिनी

शितगंगामा १० महिने बालिका सहित १२ जनाले जिते कोरोना



असार १० असार ।  शितगंगा नगरपालिकामा आज १२ जनाले कोरोना जितेर घर फर्किएका छन ।   ज्योती माबिको आइसुलेसनमा रहेका ११ पुरुष तथा १० महिने बालिका सहित १२ जनाले कोरोना जितेर घर फर्किएका हुन । पिसिआर रिर्पोटको आधारमा १२ जनामा रिर्पो नेगेटिम आए पछि घर पठाएको शितगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो । कोरोना जितेर घर फर्कनेमा ११ जना वडा नम्बर २ का र १ जना वडा नम्बर १ का रहेका छन उनिहरु लाई स्वागत गर्न नगर प्रमुख सुर्य प्रसाद अधिकारी,उपप्रमुख टिका रेस्मि , प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतम,वडा नम्बर २ का वडा अध्यक्ष गोर्वद्धन थापा,स्वास्थ शाखा प्रमुख कृष्ण पौडेल,प्राथमिक स्वास्थ केन्द्रमा प्रमुख डाक्टर विवेस मंडल, लगायको समुह ज्योती माबिमा पुगेका थिए । 

                  निको हुनेहरुमा १० महिना कि बालिका देखि ३५ बर्ष सम्मका पुरुष रहेका छन । शितगंगा नगरपालिकामा सक्रमित भएका २ जना यस अघिनै कोरोना जितेर घर फर्किएका छन भने कोरोना जित्नेको सख्या १४ जना पुगेको छ शितगंगाका २ वटा आइसुलेसनमा अझै ३० जना सक्रमित  रहेका छन भने बिभिन्न क्वारेण्टिनमा बस्नेहरुको रिर्पोट लामो समय सम्म नआउदा समस्या हुने गरेको छ शितगंगामा ३६ दिन सम्म रिर्पो नआउदा कुरेर बस्ने समेत रहेका छन । अब शितगंगा नगरपालिकामा करिव ३५० जना बिभिन्न क्वारेण्टिनमा रहेका छन चने करिव ९ सय जना घरमा पर्किसकेका छन 

प्रकाशित : १० असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६