कपिलवस्तु १० असार । इलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको टोलीले कृष्णनगर देखि बुटवल तर्फ जादै गरेको १ लाख ३० हजार बराबरको अबैध कुखुरा बरामद गरेको छ ।कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज चोकबाट अबैध कुखुरा बरामद गरी इलाका प्रहरी कार्यालय बहादुरगंजको कम्पाउण्डमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका नायब निरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभएको छ ।
बरामद गरिएको कुखुरा कृष्णनगर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम मिलन चौधरी, प्रहरी, पत्रकार, सर्वसाधारण लगाएतको रोहवरमा नष्ट गरिएको हो । बरामद कुखुरा १ लाख ३० हजार बराबरको रहेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जले जानकारी दिएको छ ।आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवालासंग निरन्तर छलफल गरिरहेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका नायब निरिक्षक धर्मराज भण्डारीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया