लुम्बिनी

वनलाई नागरिकको जीवनस्तरसँग जोड्न जडिबुटी खेती



दाङ १० असार । डिभिजन वन कार्यालय दाङले वनलाई नागरिकको जीवनस्तरसँग जोड्न जडिबुटी खेती अगाडि बढाएको छ । कार्यालयले चालु आवमा मातहतका तीन नर्सरीबाट करीब साढे दुई लाख बिरुवा उत्पादन गरेको छ । तिनमा एक लाख टिमुर र २० हजार सुगन्ध कोकिलाका बिरुवा उत्पादन भएका छन् । बोटविरुवालाई नागरिकको आम्दानीसँग प्रत्यक्ष जोड्नका लागि जडीबुटीका बिरुवालाई प्राथमिकता दिएर उत्पादन गरिएको कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभयो । 

            ‘अघिल्ला वर्षमा काष्ठ उत्पादनका लागि बिरुवा वितरण हुन्थे तर त्यसबाट आम्दानी पाउन दशौँ वर्ष कुर्नुपर्ने बाध्यता थियो ’, उहाँले भन्नुभयो, ‘उन्नत जातका टिमुर, मालागेडी, तेजपात, अमला, कुरिलो जस्ता बिरुवा वितरण गरेमा नागरिकले दुई तीन वर्षभित्रै आम्दानी पाउन शुरु गर्छन् । बजारको पनि समस्या छैन ।’ उहाँले आगामी वर्ष पनि सरकारको नीतिअनुरुप नै नागरिकको जीवनस्तर उकास्न जडीबुटीलाई प्राथमिकता दिएर उत्पादन र वितरण गरिने बताउनुभयो । उहाँका अनुसार जिल्लाको घोराही उपमहानगरका पहाडी वडा १८ र १९ तथा तुलसीपुरका वडा नम्वर ३ र १९ लाई एवम् दाङको पहाडी क्षेत्रमा पर्ने बङ्गलाचुली गाउँपालिकामा टिमुर र सुगन्ध कोकिलाको पकेट क्षेत्र तोकिएको छ । 

प्रकाशित : १० असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६