अर्थ-वाणिज्य

शिवराजको नीति :बच्चा जन्माउने कहाँ ?



 कपिलवस्तु १० असार । कपिलवस्तुको शिवराज नगरपालिका आगामि आर्थिक वर्षमा कृषि र स्वास्थ्यलाई प्राथमिकता दिने भएको छ । बुधवार भएको सातौ नगरसभामा नगरप्रमुख नेत्रराज अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवालाई कृषि मार्फत रोजगारको सिर्जना गरिने बताउनुभएको छ । नगरको अधिंकाश जमिन उत्पादन मूलक रहेको र धान खेतीको प्रचुर संभावना भएकोले धान उत्पादन प्रबद्र्धन कार्यक्रम लागू गरिने भएको छ ।

                आर्थिक बर्ष  २०७७/२०७८ मा कृषि र पशु विकास तर्फ धान उत्पादन कार्यक्रम, आप विरुवा रोपण अभियान कार्यक्रम, प्लाष्टिक घर कार्यक्रम, एक गाउँ एक पकेट कार्यक्रम,कृषि उत्पादन पकेट विकास कार्यक्रम,भकारो सुधार कार्यक्रम,नारी सवल अभियान ,लाम्पुच्छ्रे भेडा संरक्षण तथा प्रर्वद्धन कार्यक्रम,  उत्कृष्ट कृषक सम्मान , लघु उद्यमी छनौट जस्ता कार्यक्रम संचालन गरिने भएको छ  । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा विशेष गरी कोरोना को असरमा परेका बेरोजगार व्यक्तिहरुलाई कृषि कार्यमा सहभागि गराई रोजगार सिर्जना गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

        त्यस्तै स्वास्थ्य तर्फ नगरका नागरिकहरुको स्वस्थ्यमा विशेष ध्यान दिई ८० वर्ष माथिका  नागरिकहरुको निशुल्क स्वास्थ्य जाँच,नगरपालिकाले मानसिक स्वास्थ्य समस्याको उपचार तथा रोकथामका लागि दुई स्थानमा मनोपरामर्श ईकाई व्यवस्थापन गर्ने,महिला स्वास्थ्य स्वेयसेविकालाई ५ लाखको दुर्घटना बिमा गराउने,“बच्चा जन्माउने कहाँ ? वर्थिङ्ग सेन्टर जहाँ” अभियान प्रभावकारी संचालन गर्ने,विरपुर स्वास्थ्य चौकीमा वर्थिङ्ग सेन्टर संचालनमा ल्याउने कार्यक्रम रहेको छ । कोरोना भाइरसको जोखिममा पनि पहिलो लाईनमा बसेर काम गरेका स्वास्थ्यकर्मीहरुलाई विशेष ध्यान दिइने नगरप्रमुख अधिकारीले बताउनुभयो ।

     नगरमा पछाडि परेका नागरिकहरुलाई सिपमुलक तालिम तथा क्षमता अभिवृद्धि बाट लघु उद्यमीको रुपमा विका गर्ने योजना रहेको छ । नगरलाई वालशोषण मुक्त बनाउने,जोखिममा रहेका महिला,अपांग तथा बालबालिकाहरुलाई उचित संरक्षण गरिने निति रहेको छ । एक घर एक घारा अभियान पुरा गर्ने,नगरलाई फोहर मोहर बनाउने कार्यक्रम अघि बढाईने भएको छ । सम्वृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न अघि बढदै शिवराज नगरपालिकाको आधार कृषि उद्योग ,पर्यटन र पूर्वधार भन्ने नारा सहित आर्थिक वर्ष २०७७ /२०७८को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

प्रकाशित : १० असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६