अर्थ-वाणिज्य

अनाथ वालवालिकालाई स्वास्थ्य सामग्री र फलफूल



कपिलबस्तु ११ असार कपिलवस्तुको तौलिहवामा रहेको  नेपाल बाल संगठन बालगृहलाई फलफूल तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेपाल औषधी व्यवसायी संघ कपिलबस्तुले ४७ औं स्थापना दिवसको अवसरमा बाल गृहका बालबालिकाहरुको लागि फलफूल तथा स्वास्थ्य सामग्री हस्तान्तरण  गरेको हो ।

        बालगृहमा रहेका अनाथ बालबालिकाहरूलाई शक्ति बर्धक भिटामिन युक्त च्वन प्रास, फलफुल, माक्स , सेनिटाईजर तथा सामान्य रूघा खोकी र ज्वरो आउंदा खाईने औषधिहरू एक कार्यक्रमका विच वुधवार  हस्तान्तरण गरेको हो ।सहयोग सानो ठुलो हुदैन कसैले हामीलाई  १ करोड ल्याएर दिए पनि त्यो सहयोग उही हो, कसैले सय रुपय आफ्नो जन्म दिनमा अथवा यी बच्चालाई सम्झेर एउटा चकलेट दिए पनि हाम्रो लागि त्यो ठुलो  हो  बाल संगठानका अध्यक्ष राजु प्रसाद अर्यालले बताउनु भयो  ।

      औषधि व्यवसायी संघले स्थापना दिवसको अवसरमा देशमा विभिन्न किसिमका कार्यक्रम गरिरहेको र  संगठन जनता प्रति नै सर्मपित रहेको औषधी व्यवसायी  संघ कपिलबस्तुका अध्यक्ष धर्मराज भट्टराईले बताउनु भयो  । दिवसका   अवसरमा  यस बाल गृहलाई विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको अध्यक्ष भट्टराईले बताउनु भयो ।

    तत्कालीन नेकपा माओवादी र नेपाली सेना दुवै तर्फबाट अभिभावक गुमाएका बालबालिकाहरुको आश्रय गृहको रुपमा २०५९ साल देखि बाल गृह संचालन हुदै आएको छ । अभिभावक नै नभएका २४ जना बालबालिका र बाबुको मृत्यु भएको भएको, आमा लामो समय काराबास सजाई पाई कारागारमै रहेका अभिभावकका ५ बालबालिकाहरु  गरि कुल २९ बालबालिकाहरु  बालगृहमा वस्दै आएका छन् ।

        कार्यक्रममा कपिलबस्तु औषधी व्यवसायी संघका पदाधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, उपाध्यक्ष पार्वती  पाण्डेय, नेपाल प्रेस यूनियन कपिलबस्तुका सभापति गोपाल भण्डारी, बाल गृहका प्रमुख राम प्रसाद अर्याल लगायतको सहभागिता रहेको थियो । संघका सचिव  मनिराम पाण्डेयले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । 

प्रकाशित : ११ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६