अर्थ-वाणिज्य

कपिलवस्तु: बन्यजन्तु र जैविक विविधता संरक्षणका लागि १२ करोड २८ लाख बजेट



कपिलवस्तु १३ असार  कपिलवस्तुमा वन वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्ययवस्थापन कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा आउने भएको छ । प्रदेश नं ५ सरकारवाट आर्थिक वर्ष २०७७/७८ मा कार्यक्रम कार्यान्वयनका लागि १२ करोड २८ लाख वरावरको वजेट विनीयोजन गरेको हो । जिल्लाका २ वटा डिभिजन वन कार्यालय मार्फत जिल्ला भर कार्यक्रम संचालन गरिने भएको छ । जिल्ला सदरमुकाम तौलिहवामा र चन्द्रौटामा गरि २ वटा डिभिजन वन कार्यालय रहेका छन् । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रकाशन गरेको वार्षिक कार्यक्रम अन्तर्गत दुई डिभिजन वन मार्फत उक्तम रकमको कार्यक्रम आगामी आर्थिक वर्षमा संचालन गर्नका लागि रकम छुट्याएको हो ।

         जसमा सवै भन्दा धेरै रकम वैज्ञानिक वन व्यवस्थापनमा राखिएको छ । दुई डिभिजन मार्फत वैज्ञानिक वन व्यवस्थापनका लागि ८ करोड रकम विनीयोजन गरिएको हो ।यस्तै वन अतिक्रमण नियन्त्रणका लागि वाँसजन्य विरुवा रोपणका लागि २८ लाख, वन अतिक्रमण नियन्त्रण गर्नको लागि १४ लाख रकम विकास कार्यक्रमको वजेटमा उल्लेख गरिएको छ ।  यस्तै वन डडेलो नियन्त्रण रोकथाम अन्तर्गत १० लाख, वनक्षेत्र भित्रका खोला, खोल्सा व्यवस्थापन तथा नदिजन्य पदार्थ संकलनमा २० लाख, सामुदायिक वनमा कार्ययोजना कार्यान्व्यनमा २० लाख रकम उल्लेख गरिएको छ ।

        विनीयोजीत वजेट अन्तर्गत वन उद्यम प्रर्वधनमा सहयोगमा ४० लाख, वहुवर्षिय विरुवा उत्पादनमा ९० लाख, वन नर्सरी स्तरोन्नतीकरणमा ४० लाख, वृक्षारोपण र विरुवा वितरणमा ३० लाख, एक जिल्ला एक नमुना कृषि वन कार्यक्रमका लागि ३० लाख, वन्यजन्तु उद्धार कार्यक्रम अन्तर्गत पनि १० लाख रकम छुट्याईएको छ । यस्तै जिल्लाको वनपैदावार व्यवस्थापन सम्वन्धी उपकरण खरीद र जडानका लागि २० लाख, जिल्लामा वन संग सम्वन्धीत दिवस समारोह प्रचार प्रचार पुस्तक प्रकाशनका लागि ११ लाख, जैविक विविधता संरक्षण र प्रर्वधनका लागि १० लाख, चोरी कटानी, चोरी सिकारी नदिजन्य पदार्थ चोरी नियन्त्रणका लागि १५ लाख र सिमसार क्षेत्र संरक्षण पोखरी निर्माण कार्यक्रमका लागि ४० लाख वजेट छुट्याइएको छ ।

वजेटले समग्र जिल्लाको वन व्यवस्थापन, चोरी सिकारीको नियन्त्रण तथा जैविक विविधतामा टेवा पुग्ने प्रदेश सरकारले अपेक्षा गरेको छ । 

प्रकाशित : १३ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६