लुम्बिनी

मृगौला फेर्न सपनै भयोः जीवन रक्षाको आग्रह



बुटवल, १३ असार  । दुवै मृगौला फेल भएका गुल्मी चन्द्रकोट गाउँपालिका ७ रुपाकोटका २८ वर्षिय लालवहादुर विकले आफ्नो जीवन बचाई दिन आग्रह गर्नु भएको छ । रोजगारीको सिलसिलामा भारतमा रहँदा उहाँले शरिरको दुखाई कम गर्ने औषधी सेवन गर्नुभएको थियो । दुखाई कम गर्ने औषधीकै कारण उहाँको मृगौला काम नगर्ने गरी फेल भएको चिकित्सकहरुले बताएको विककी श्रीमती सुनिता विकले सुनाउनुभयो । 

        विकको हप्तामा ३ पटक डायलोसिस गर्नुपर्छ । २ वर्ष अघिदेखि नियमित रुपमा डायलोसिस गरिएको छ । पैसाको अभावमा किड्नी फेर्न सकिएन । उहाँले गुनासो सुनाउनुभयो –किड्नी फेर्न सपनै भयो, घरमा खानेकुरा किन्न समेत पैसा छैन ।’  श्रीमानको औषधीको लागि अहिलेसम्म २५ लाखभन्दा वढी खर्च भएको उहाँले बताउनुभयो । 

        मृगौलाको उपचार गर्दा घरखेत नै जाने अवस्थामा पुगेको विक परिवारले बताएका छन । विक दम्पत्ति उपचारकै लागि बुटवल–११ देवीनगरमा कोठा भाडामा लिएर बसेका छन । ६ वर्षकी छोरी समेत रहेका ति दम्पतिले घरमा खानेकुरा नभएको गुनासो गरेपछि बुटवलका युवा समाजसेवी हरि क्षेत्रीले एक महिनाको लागि पुग्ने खाद्यान्न घर पु¥याई दिनुभएको थियो । 

        उहाँले औषधीको लागि ४ हजार ५ सय रुपैया नगद समेत सहयोग गरेको बताउनुभयो । राहत वितरणकै क्रममा मृगौला पीडितलाई भेटेको उहाँले बताउनुभयो । मृगौला पीडित लालबहादुरले औषधीको लागि समेत पैसा नहुँदा पिडा सहेर वस्नु परेको वाध्यता सुनाउनुभयो । विकको उपचारमा सघाउ गर्न विभिन्न ब्यक्ति तथा संघ संस्थाले आग्रह गरेका छन् ।

प्रकाशित : १३ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६