खेलकुद

कपिलवस्तु जेसिजको सप्ताहब्यापि कार्यक्रम सकियो ,छैठौ दिन ब्याडमिण्टन प्रतियोगिता



बिकास थापा ,कपिलवस्तु असार १३ । जेसिज कपिलवस्तुको एकसाता अघिबाट दैनिक रुपमा चल्दै आएको सप्ताहब्यापि कार्यक्रम अन्तगर्त छैठौ दिन ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । बालज्याति बोर्डिङ स्कुलको प्राङगणमा भएको प्रतियोगितामा बाणगंगा ११ ओदारीका राजेश चौधरी र आदित्य चौधरी प्रथम हुनुभएको छ । भने बाणगंगा ४ गजेहडाका लाल बहादुर श्रेष्ठ र होम बहादुर थापा द्धितीय भएको जेसिज कपिलवस्तुका अध्यक्ष मनोज कुमार खत्रीले बताउनुभयो ।  प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार ,कप मेडल र प्रमाणपत्र संगै द्धितीय हुनेलाई नगद ५ हजार सहित कप ,मेडल र प्रमाणपत्र वितरण गरिएको उहाको भनाई छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी रुपमा खडक बहादुर आले मगर हुन सफल हुनुभएको थियो उहालाई पनि मेडल कप र प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा आफुनो भनाई राख्दै बाणगंगा नगरका उपप्रमुख चक्रपाणी अर्यालले जेसिजले युवाहरुको रचनात्मक क्रियाकलापहरुलाई अघि बढाउदै गएको भन्दै युवाहरुको भावनात्मक एकतालाई मझबुत बनाएको बताउनुभयो । खेलकुदका माध्यमबाट युवाहरुलाई एकज्ुट बनाउदै समाजमा रहेका बिकृतीहरुलाई न्यूनिकरण गर्न जेसिजका कार्यक्रमले साथ दिईरहेको बताउनुभयो । प्रतियोगितामा २० युवा समूहको सहभागिता रहेको कार्यक्रमका मूल संयोजक जेसि कमल क्षेत्रीले बताउनुभयो ।

यस्तै सप्ताह ब्यापि कार्यक्रम अन्तगर्त भएका रक्तदान ,योगा अभ्यास ,धानरोपाई ,वक्तृत्वकलामा बिशेष सहयोग गर्ने कपिलवस्तु सामुदायिक अस्पतालका डाक्टर दिपेन्द्र चन्द ,पारामेडिक्स सन्तोष खनाल , योग आचार्य कमल पौडेललाई पनि सम्मान गरिएको छ ।

जेसिज अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जेसि बाबुराम अर्यालले गर्नुभएको थियो । ब्याडमिन्टन प्रतियोगिता संगै जेसिज सप्ताह कार्यक्रम सकिएको जनाईएको छ । 

प्रकाशित : १३ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६