शिक्षा

बाणगंगा नगरपालिकामा शुरु भयो रेडियो शिक्षा कार्यक्रम



कपिलवस्तु ,१४ असार । कपिलवस्तुको बाणगंगा नगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ ।  कोरोना भाईरस कोभिड १९ का संगै नेपाल सरकारले जारी गरेका लकडाउनका कारण विगत ३ महिना देखी ठप्प रहेका बिद्यालयका बिद्यार्थीहरुलाई लक्षित गर्दै रेडियो शिक्षा कार्यक्रम शुरु भएको हो । नगरमा रहेका ४ रेडियो मार्फत वैकल्पिक माध्ययमबाट पठनपाठन गराउन शुरु गरिएको नगरका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख बाबुराम भट्टराईले जानकारी गराउनुभयो । रेडियो शिक्षा कार्यक्रम अन्तरगत कक्षा ४ देखि १० सम्मका बिद्यार्थीहरुलाई नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक गरि ४ विषयमा पठनपाठन गराईने छ । भने गणित बिषयको पढाई भने नगरमै रहेको जिल्लाको एकमात्र टेलिभिजन बुद्ध आवाजबाट पढाई हुने बताउनुभयो ।

रेडियो कक्षा सामुदायिक रेडिया बुद्ध आवाजमा कक्षा १० , रेडिया मायादेवीमा कक्षा ४ र ७ , रेडियो बाणगंगामा कक्षा ६ र ८ तथा हर्टबिट रेडियोमा कक्षा ५ र ९ का विषयहरु पढाई हुने बताउनुभयो । प्रभाबकारीताका आधार यसलाई अझ ब्यवस्थित ढंगले अगाडि बढाउने उहाको भनाई छ । सबै बिद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पठाईसकेको बताउदै रेडियो शिक्षा कार्यक्रम बिहान ११ बजेदखी दिँउसो २ बजेसम्म हुने बताउनुभयो । रेडियो कार्यक्रमको शुभारम्भ गर्दै नगरपालिका नगरप्रमुख मंगल प्रसाद थारुले शैक्षिक गतिबिधिलाई निरन्तरता दिन रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्ने बिश्वास ब्यक्त गनुर्भयो ।

यस कार्यक्रमको बिषयमा बिद्यालय ,अभिभावक र बिद्याथीहरुले केही समयअघि देखी नै जानकारी गराउदै आएको नगरका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीले बताउनुभयो । नगरमा रहेको सामुदायिक र संस्थागत गरि ७५ बिद्यालयहरुका करिब २९ हजार बिद्यार्थीहरु यस कार्यक्रमबाट प्रत्यक्ष फाईदा हुने बताउनुभयो । जिल्लाका अन्य स्थानिय तहले पनि रेडियो शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन ।

प्रकाशित : १४ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६