अर्थ-वाणिज्य

आज असार १५ :१७ औं धान दिवस ,कपिलवस्तुमा ४० प्रतिशत खेतमा रोपाई



कपिलवस्तु १५ असार  असार १५ सम्म कपिलवस्तुमा  ४० प्रतिशतमा धान रोपाई भएको छ ।  समयमा पानी परिरहदा  बिगतका वर्षहरुमा भन्दा यस पटक धान रोपाई चाडो भएको हो ।  जिल्लाको कृष्णनगर ,महाराजगञ्ज नगरपालिका ,विजयनगर गाउँपालिका बाहेकका पालिकाहरुमा धैरैजसो धान रोपाई भएको  कृषि ज्ञान केन्द्र कपिलवस्तुका शाखा अधिकृत बासुदेव पौडेलले बताउनु भयो  । रोपाई नसकिएका बाँकी स्थानहरुमा धमाधम रोपाई भैरहेको छ , उहाँले भन्नु भयो ।

         जिल्लामा रैथाने धान खेतीका रुपमा साँवा , गोल्डेन मन्सुली   र हाइब्रेडट  लोकनाथ, गोरखनाथ, ६४ ४४ , लोपोन्मुख प्रजाति कालानमक धान लगायत  प्रजातीका धान खेती गरिन्छ । साँवा भन्दा पनि हाइब्रेट धान वढि मात्रामा उत्पादन  हुदा किसानहरुले यस तर्फ खेती गर्ने गरेका छन ।  रैथाने खेती गर्दा कम उत्पादन हुने हुदा किसानहरु त्यसतर्फ वढि मात्रामा ध्यान नदिने गरेको कृषक बताउछन । उत्पादन बढि गर्न भनि हाइब्रेट धानहरु लगाउने हुदा उनीहरुलेउत्पादन राम्रो बनाउने गरेका छन  ।

         रैथाने धानको उत्पादन कम हुने हुदा खानमा स्वाद आए पनि उनीहरुले त्यसतर्फ ध्यान नदिने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ  । त्यस्तै गरि बास्नादार र स्वादिलो चामल कालानिमक धानको  पनि उत्पादन घट्दै गएको छ । ढिलो पाक्ने र उत्पादन कम हुने भए पछि यस तर्फ किसानको आकर्षक घटेको कार्यालयले जनाएको छ । किसानले उत्पादन वढि खोज्ने हुदा रैथाने धान खेती हराउदै गएको छ । अब सरकारले यस्ता रैथाने खेतीको उत्पादनलार्ई कसरी बढाउन सकिन्छ भनेर विशेष ध्यान पुर्याउने बेला आएको छ । नयाँ प्रविधिको विकास सँगै  रैथाने र स्वादिष्ट धान खेतीको उत्पादन बढाउनु उत्तिकै आवश्यकता रहेको किसान शुमन थारु बताउनु हुन्छ  ।

         समयमा पानी परेकोले गत वर्ष भन्दा यस वर्ष धान उत्पादनमा वृद्धि हुने कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ । आर्थिक वर्षमा जिल्लामा धानको उत्पादन २ लाख २३ हजार ७ सय२५ मेट्रिक टन उत्पादन भएको थियो ।  जिल्लाको कुल क्षेत्रफल १ लाख ७३ हजार ८सय रहेकोमा खेतीयोग्य जमिन ८३ हजार हेक्टर रहेको छ । ७१ हजार ५ सयमा धान खेती गरिन्छ ।   प्लटिङका कारण खेती योग्य जमिन घट्दै गए पनि २०५८ सालको जनगणना अनुरुपको  यो तथ्यांक जिल्लामा रहेको छ । अब अर्को जनगणना नहुदा सम्म तथ्यांकमा खेतीयोग्य जमिन ८३ हजार हेक्टर नै गणना हुने छ । जिल्लामा सिंचित क्षेत्रफल ३४ हजार ९ सय १२ रहेको छ । प्रतिशतको हिसाबले हेर्दा सिंचित क्षेत्रफल २० दशमलव १ प्रतिशत रहेको कृषि ज्ञान केन्द्र कपिलवस्तुले प्रेसपाटीलाई जनाएको छ । त्यस्तै गरि १२ महिना सिंचित हुने क्षेत्रफल ९ हजार ८ सय ५७ रहेको छ । प्रतिशतको हिसाबले ५ दशमलव ६७ प्रतिशत रहेको छ । 

        यस वर्षको  नारा “धान उत्पादनमा वृद्धि , आत्मनिर्भरता र समृद्धि ” २०७७  १७ औं धान दिवस  रहेको छ । कोभिड – १९ का कारण बिगतका वर्ष भव्यताका साथ मनाईने धान दिवस  यस पटक भिडभाड नगरी सामाजिक दुरी कायम गर्दै कपिलवस्तु नगरपालिकाको वडा नं १० को बिकुलीमा धान रोपाई गरेर दिवस मनाईने कृषि ज्ञान केन्द्र कपिलवस्तुले प्रेसपाटीलाई वताएकोछ छ । 

प्रकाशित : १५ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६