अर्थ-वाणिज्य

नेपाल बैंक लिमिटेडको शाखा बाणगंगामा विस्तार



कपिलवस्तु १६ असार । नेपाल बैँक लिमिटेडको शाखा कपिलवस्तुको बाणगंगामा विस्तार भएको छ । प्रदेश ५ का सासंद बिष्णु पन्थिले सोमवार बैकको १ सय ८४ औँ शाखाको उद्धघाटन बाणगंगामा गनुभएको हो । बैंक उद्धघाटन गर्दै पन्थिले सफलताको शुभकामना व्यक्त गर्दै स्थानिय जनता नेपाल बैकंको सेवा लिन कृष्णनगर धाउनुपर्ने बाध्यता हटेकोमा खुशि व्यक्त गर्नुभयो । साथै नगरवासिलाई कम्तिमा एउटा बैंकमा परिवारका सदस्यले खाता खोल्न खोलेर बैंकिगं प्रणालीमा जोडिन समेत आग्रह समेत गर्नुभयो ।

           बैंकले कपिलवस्तु जिल्लाको दुई पालीबाट सेवा दिईरहेको थियो ,सरकारी कामकाजका कारण अत्यादिक भिड हुने भएकोले सहजरुपमा सेवा प्रवाह गर्न बाणगंगामा शाखा विस्तार गरेको नेपाल बैकं लिमिटेड प्रादेशिक कार्यालय प्रदेश ५  प्रमुख पासाङ्ग दोर्जी शेर्पाले बताउनुभयो । आज बैंक उद्दघाटनको अवसरबाट सुनचादीँ कर्जा ,निक्षेप संकलन ,राजस्व सकंलन कार्य सुरु भएको उहाँले जानकारी दिनुभयो । शाखाबाट औधोगिक कर्जा,विपन्न वर्गको कर्जा, नगरपालीकाको समन्वयमा विभिन्न शिर्षकमा सहुलियत कर्जा प्रवाह गर्ने तयारीमा रहेको बताउनुभयो ।

           कपिलवस्तुवासीको जिवनस्तर सुधार गर्न सरल र सहज कर्जा प्रवाह गर्ने र निक्षेप सकंलन गरि राम्रो प्रतिफल दिन सकने उहाँले बताउनुभयो । नेपालको सबैभन्दा पुरानो बैंक प्रदेश ५ को १२ वटै जिल्लामा ३१ शाखा विस्तार गरेको छ भन्े देशभर १ सय ८४ वटा शाखा रहेका छन् ।

कर तिर्न,पेन्सन बुझन् कृष्णनगर धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्न शाखा विस्तार गरेको बाणंगगा शाखा प्रवन्धक प्रकाश रानाले बताउनुभयो । कृर्षि ,युवा उधमिलाई सहुलियत पुर्ण कर्जा प्रवाह गर्ने रानाले जानकारी दिनुभयो । सोही अवसरमा कोभिड १९ का कारण कपिलवस्तु जिल्ला अति प्रभावित भएको भन्दै बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोगमा स्थानीय संस्थालाई १ लाख समेत सहयोग गरेको प्रदेश प्रमुख शेर्पाले जानकारी दिनुभयो । 

प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६