अर्थ-वाणिज्य

शत्रु जीव सलहले मकै बाली खाइदिँदा अर्घाखाँचीमा खाद्यान्न अभाव हुने चिन्ता



  अर्घाखाँची १६ असार ।  अर्घाखाँची जिल्लामा  शत्रु जीव सलहले आकास ढाकेपछि स्थानीयहरु थाल ठटाउदै आगो बालेर सलह धपाउन लागि परेका छन् । सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भुमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनि गाउँपालिका सबैतिर सलह देखिएको छ ।  जिल्लाका प्राय सबैजसो क्षेत्रमा सलहले मकैबाली नष्ट गरेको छ । दुई दिनदेखि फैलिएको सलह अझैसम्म बालीमा देखिएको छ । कृषकहरु कसरी खेती बाली जोगाउने भनेर चिन्तित बनेका छन् । 

         गाउँगाउँमा पनि सलह फैलिएर मकै तथा तरकारी बाली खान थालेपछि कसरी सलह धपाउने भनेर चिन्तित बनेका हुन् । बारीमा भएको मकैभरि सलहले ढाकेको मालारानी ७ बामरुकका इन्द्रलाल रेग्मीले बताउनु भयो । हुर्कंदै गरेको मकैबाली सलहले नष्ट गरेपछि खाद्यान्न अभाव हुने चिन्तामा किसान छन् । 

प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६