लुम्बिनी

ब्राउनसुगर सहित तीन जना पक्राउ



बाँके १८ असार । नेपालगन्ज उपमहानगरपालिकामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१५ पिपरहवाबाट अवैध लागुऔषध ब्राउनसुगर २४ ग्रामसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहराइच थाना रुपैडिहा बस्ने २५ वर्षीय मुन्ताज अहिमद सिद्धिकी छन् । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले लुकाई, छिपाई ल्याउँदै गरेको उक्त परिमाणको लागुऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस्तै नेपालगन्ज उपमहानगरपालिका–१० ट्राफिकचोकबाट नियन्त्रित लागुऔषध १ सय एमएलको ११ सिसी कोरेक्ससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–८ बस्ने २३ वर्षीय राजु राई र सोही उपमहानगरपालिका–११ बस्ने ३० वर्षीय अखिल अहमद जसगड रहेका छन् । जमुनाहबाट नेपालगन्जतर्फ आउँदै गरेको भे३प ३४१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित : १८ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६