लुम्बिनी

शत्रुजीव सलहको बगाल दाङ र प्युठानमा, अझै ठूलो बगाल आउन सक्ने



 काठमाडौं, १८ असार ।  गएको शनिबार नेपाल प्रवेश गरेको विभिन्न झुण्डमा आएका सलह किरामध्ये धेरैजसो बगाल दाङ र प्युठानको सेरोफोरोमा रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

        केन्द्रका अनुसार अर्घाखाँचीमा गएको झुण्ड पनि प्युठानतर्फ नै मोडिएको छ । हावाको गतिका कारण ती झुण्ड सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रवेश गर्ने सम्भावना रहेको भन्दै केन्द्रले सचेतता अपनाउन आग्रह गरेको छ ।

        सलह काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा पुगेका छन् । अन्यत्र गएका झुण्डमा थोरै सङ्ख्या रहेको र दाङ तथा प्युठानतर्फ गएको झुण्डमा धेरै सलह रहेकोले त्यस क्षेत्रमा धेरै क्षति हुने आँकलन गरिएको केन्द्रले जनाएको छ ।

        यसैबीच भारतको उत्तर प्रदेशको इटवा क्षेत्रमा रहेका दुई वटा ठूला झुण्ड पनि नेपाल आउने सम्भावना रहेकोले थप सजगता अपाउनुपर्ने केन्द्रले जनाएको छ । ती दुई वटा झुण्ड तीन दिनभित्र भारतको फत्तेपुर आइपुग्ने सम्भावना रहेकोले त्यसपछि नेपाल आउने सम्भावना रहने भन्दै केन्द्रले तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा सजगता अपाउनुपर्ने जनाएको छ । विगतमा शत्रुजीव सलहका कारण पाकिस्तान लगायतका देशले भोकभरीको समस्यासँग जुध्नु परेको थियो । 

प्रकाशित : १८ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६