अर्थ-वाणिज्य

मुख्यमन्त्रीको गृह जिल्लामा नयाँ रडाको शुरु



दाङ २० असार । प्रदेश ५ को अधिकांश वजेट र सेवा सुविधा दाङमा केन्द्रित गर्न ३ वर्ष सम्म अनवरत रुपमा सफल प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलको गृह जिल्लामा एउटा नयाँ रडाको शुरु भएको छ । दाङका बिभिन्न पालिकाका मेयरले फेसबुक मै स्टाटस लेखेर मुख्यमन्त्रीको ब्यवस्थापनमा प्रश्न उठाएपछि यस्तो विवाद सतहमा आएको हो । विवरण अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीले कोरोना परिक्षणको शुल्क उठाउन पत्र लेखेपछि विरोध शुरु भएको छ ।प्रतिष्ठानले प्रति ब्यक्ति ५५०० को दरले स्थानिय पालिकाहरूसंग पैसा मागेको बुझिएको छ ।

        लमही नगरपालिकामा पठाएको पत्रमा सरकारले बजेट नदिएको र पिसिआर मेसिन आफै खरिद गरेको भन्दै पैसा मागेको कामु रजिष्टार कैलास प्रसाद देवद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।पत्रमा लमही नगरपालिकाका ४७१ जनको ५५०० को दरले हुन आउने रकम शोधभर्ना गर्न भनिएको छ । पैसा नपाएको भन्दै प्रतिष्ठानले स्वाव लिन नमानेपछि जिल्लाका स्थानिय तहहरूले संकलन गरेको स्वाव नेपालगञ्ज र काठमाण्डौ पठाएका छन् । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले फेसबुक स्टाटसमै त्यसको बिरोध गरेका छन् ।

        उनले लेखेका छन्,‘कोरोना परिक्षणमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले नमुना फिर्ता गर्ने, परिक्षण नगर्ने कार्य मानवता बिरोधी छ  मुख्यमन्त्री ज्यू सख्त कार्बाही होस ।लमही नगरपालिकाले सरकारले पठाएको मेसिन र कीट भएकोले पैसा नतिर्ने बताएको छ । लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले मुख्यमन्त्रीसंग कुरा गरेर उक्त पत्रको जवाफ दिने बताएका छन् । 

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६