लुम्बिनी

सत्रुजीव सलहले अर्घाखाँचीमा ५ सय हेक्टरको मकै वाली नष्ट ग¥यो



अर्घाखाँची २१ असार । कपिलवस्तु हुदै अर्घाखाँची प्रवेश गरेको सत्रु जीव सलहले र्घाखाँचीमा पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरेको छ । छ दिनदेखि सलहले खेतबारी नछाडेपछि स्थानीय हैरान भएका छन् । केहिदिन अघि थाल ठटाउँदै आगो बालेर सलह धपाउन लागि परे पनि सलह नभागेपछि कृषक चिन्तित भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शितगंगा नगरपालिकामा सलह नियन्त्रणमा आउन सकेको छैन । 

        शितगंगा नगरपालिका वडा नम्बर ७ को जलुके, जुवाकोट, लगायतका क्षेत्रमा लगाएको  मकै पूर्ण रुपमा नष्ट गरेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनु भयो । सलहले खेती खाएपछि वडाबासीहरु अत्यन्तै चिन्तित भएका छन् । सितगंगा १० सिद्धाराको दुम्सी लगायतका क्षेत्रमा पनि सलहले मकैबाली पूर्ण रुपमा नष्ट गरेको वडा अध्यक्ष हिम्मत पोख्रेलले वताउनु भयो । एक रोपनी क्षेत्रफलमा सामान्य पनि २ क्विनटल मकै उत्पादन हुन्छ । जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनी भन्दा बढी क्षेत्रफलमा लगाएको मकै पूर्ण रुपमा र केही भागमा सलहले आंशिक रुपमा क्षति पुर्याएको छ । 

        सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनि गाउँपालिका सबैतिर सलह देखिएको र यसले धेरै  क्षेत्रमा क्षती पु¥याएको कृषी ज्ञान केन्द्र अर्घाखाँचीका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिनु भयो । मकै बाली लगायतका अन्य बालीमा क्षती पुगेको र  तथ्याङ्क संकलन गर्ने कार्य भैरहेको उहाँले वताउनुभयो ।  

प्रकाशित : २१ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६