लुम्बिनी

प्रदेश नं. ५ मा ३ सय ८० ले सिद्धाए यात्रा



बुटवल २१ असार ।  कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा प्रदेश ५ मा ३ सय ८० जनाले आफुले आफैलाई मारेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।  

        चैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० रहेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । यसरी आफुले आफुलाई मार्नेमा गाउँका २ सय ६६ जना तथा शहरका १ सय १४ रहेका छन् । लकडाउन शुरु भएयता १ सय ७८ जना कृषक, ७४ जना गृहिणी, ३७ जना ज्याला मजदुरी गर्ने श्रमिक तथा ३६ जना बेरोजगार रहेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनु भयो । 

प्रकाशित : २१ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६