शिक्षा

विद्यालय सञ्चालकको आन्दोलन स्थगित,पढाइ अवरुद्ध नगर्ने निर्णय



काठमाडौं २२ असार । सरकारसँगको वार्ता सकारात्मक रहेको भन्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । उनीहरूले अनलाइन पढाइ अवरुद्ध नगर्ने निर्णयसमेत गरेका छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलसँग आइतबार भएको छलफलमा आफ्नो माग पूरा हुने संकेत देखिएको र संवाद जारी रहेकाले आन्दोलन स्थगित गरिएको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन का अध्यक्ष टिकाराम पुरीले जानकारी दिए ।

            लकडाउन अवधिको पनि शुल्क संकलन गर्न नपाएको भन्दै विद्यालय सञ्चालकहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । सरकारले आधिकारिक रुपमा असारबाट मात्रै अनलाइन कक्षा सुरु गरे पनि प्याब्सन र एनप्याब्सन निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसनले भने वैशाखदेखिकै शुल्क लिन पाउनुपर्ने माग गरिरहेका छन् ।कोभिड–१९ महामारीबीच तुरुन्तै विद्यार्थी भर्ना गर्न पाउनुपर्ने उनीहरूको माग छ । सरकारले बैङ्क ब्याज र विद्यालय भवनको भाडा मिनाहाजस्ता राहत प्याकेज ल्याउनुपर्ने पुरीको भनाइ छ ।

पढाइ अवरुद्ध नगर्ने निर्णय

   अनलाइन, अफलाइन, रेडियो, टेलिभिजन र केवल टिभीमार्फत भइरहेको कक्षा असार २२ गतेदेखि अनिश्चित कालका लागि रोक्ने घोषणा प्याब्सन र एनप्याब्सनले गरेका थिए । मन्त्रालय, शिक्षक महासंघ, अभिभावक संघ र निजी विद्यालयमा कार्यरत शिक्षकहरूसँगको संयुक्त छलफलपछि प्याब्सनले पढाइ अवरुद्ध नगर्ने निर्णय गरेको पुरीले  जानकारी दिए ।३१ लाख विद्यार्थी पढ्ने निजी विद्यालयहरूका लागि शिक्षा मन्त्रालयले राहत र सहजीकरण नगरेको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आरोप लगाए । वार्ताबाट सकारात्मक नतिजा नआए पुनः आन्दोलन गर्ने सापकोटाले चेतावनी दिए ।

अनलाइनखबर

प्रकाशित : २२ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६