शिक्षा

किताब पाएपछि मक्ख परे साना बालबालिका



कपिलवस्तु २३ असार .लकडाउनका कारण लामो समय देखी घर बस्दै आएका बालबालिका शुक्रवार विद्यालय पुगे । फाल्गुनको अन्तिम साता वार्षिक परीक्षा दिए पछि बालबालिकाहरू विद्यालय गएका थिएनन् । कोरोनाका कारण विद्यालय बन्द हुँदा साना बालबालिकाको अधिकांश समय खेलेर बिताउने गरेका थिए । विद्यालयमा क्वारेनटाइन स्थापना भए पछि उनीहरू विद्यालय भित्र छिर्न समेत पाएका थिएनन् ।


        कपिलवस्तुको शिवराज ९ बिजगौरीकी शुभेच्छा पुरी आफ्ना बुवा सँगै विद्यालय आइन । शिव गढी आधारभूत विद्यालयमा बाल विकासबाट कक्षा १ मा पुगेकी थिइन । चार महिना पछि विद्यालय पुग्दा उनी खुसी देखिन्थिन् । विद्यालयमा साथीहरू सँग रमाइलो गर्दै थिइन । उनका बुवाले एउटा पोका सामान दिए । पोका भित्र रङ्गीचङ्गी पुस्तक, लुँडो, कलर पेन्सिल, मोमकलर, पेन्सिल, कटर ईरेजर र सानो बल थियो । सवैका हातमा ती समान थिए । सामान पाए उनीहरू निकै खुसी देखिन्थे ।खुसीले गद गद हुँदै घर फर्किए ।

        बालबालिकाहरू रमाउँदै लुँडो खेल्न सुरु गरे । शुभेच्छाले नयाँ पुस्तक निकालिन । बुवा आमाको नजिक बस्दै पुस्तकमा भएको चित्रमा रङ्ग लगाउन सुरु गरिन । अभ्यास पुस्तिका र सिकाई सामाग्री पाए पछि अहिले उनीहरू घरमै बसेर पढ्न सुरु गरेका छन् ।महिनौँ पछि पुस्तक र सिकाई सामाग्री पाउँदा बालबालिका दङ्ग परे । कपिलवस्तुमा बाल विकास देखी ३ कक्षा सम्म पढ्ने बालबालिकालाई सिकाई सामाग्री हस्तान्तरण गर्न सुरु गरिएको छ । ४५ दिनको क्रियाकलाप भएको पुस्तक कालिका स्वावलम्बन सामाजिक केन्द्रले र युनिसेफको सहयोगमा वितरण गर्न सुरु गरिएको हो ।

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६