अर्थ-वाणिज्य

उद्योगी व्यवसायीलाई चुनाव लाग्यो , केन्द्रिय सदस्यमा दाङबाट रिजालको उम्मेदवारि दर्ता



दाङ २४ असार । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि सारिएको थियो । नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् । विधानअनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था विधानमा भएकाले उनको नेतृत्व निश्चित रहेको हो । अबको मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुने छ ।वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय चन्द्र प्रासाद ढकाल र किशो प्रधान चुनावी मैदानमा उत्रिँदैछन् । उनीहरूले औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर यतिबेला भेटघाटलाई तीव्रता दिएका छन् । आफ्नो पक्षमा माहोल बनाउन उनीहरू दुवै यतिबेला सक्रिय छन् ।

केन्द्रिय सदस्यमा दाङबाट रिजालको उम्मेदवारि दर्ता

                  तुलसिपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष सरसफाई अभियान्ता एव सफल युवा ब्यबसायि बिमल रिजालले केन्द्रिय सदस्यमा उम्मेदवारि घोषणा गरेर आफ्नो चुनाबि अभियानलाई पुनःतिब्रता दिने तयारिमा लाग्नुभएको छ ।कोभिड १९ को महामरि भित्रिय सगै स्थगित भएको चुनाबि अभियान महासघको पछिल्लो निर्णय सार्बजनिक भए पछि पुनः देशभर चुनाबि सर्गर्मि बढन थालेको हो ।

               तुलसिपुर उधोग बाणिज्य सघं लगायत देशभरिका निजि क्षेत्रले स्थानिय सरकार सग मिलेर कोरोना नियन्त्रण अभियानमा महत्वपुर्ण भुमिका खेलि रहेको भन्दै केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजालले अझैपनि निजि क्षेत्रको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।साथै भबिष्यमा आईपर्ने हरेक गतिबिधिहरु सगं जुधेर सामना गर्न आफुहरु निरन्तर लागि पर्ने रिजालले बताउनुभयो “।बेला बेलामा उत्पन्न हुने महामारि र प्रकोप नियन्त्रण गर्न स्थानिय सरकार र प्रशासनको भुमिकालाई प्रभाबकारि बनाउने प्रतिबद्दता निजिक्षेत्रबाट आए सगैं स्थानिय स्तरमा काम गर्न थप उर्जा थपिएको जनप्रतिनिधिहरुले जनाएका छन ।

                          मगंलबार तुलसिपुर उधोग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको आकस्मिक बैठकले पुन महासघको केन्द्रिय सदस्यमा पुर्ब अध्यक्ष बिमल रिजालको नाम सर्ब सम्मत पारित गर्दै नेपाल उधोग बाणिज्य महासघको कार्यकारिणि समितीको सदस्य पदमा उम्मेदवारि दर्ता गराएको छ । देशभरका जिल्लाहरुबाट उत्साहजनक समर्थन पाएका केन्द्रिय सदस्य पदका उम्मेदवार रिजालले समाजमा गरेको योगदान र तुलसिपुर उधोग बाणिज्य सघको नेतृत्वमा रहदा ल्याएका लोकप्रिय कार्यक्रमहरु,सरसफाई अभियानको मोडेल,बन्द भएको दाङ एयरपोर्ट सन्चालन देखि सभाहल निर्माणका प्रक्रियाहरु उदाहरणिय कामको रुपमा लिने गरिएका छन ।प्रत्यक्ष निर्बाचनबाट १८ जना केन्द्रिय सदस्यहरु निर्बाचित हुने बिधानतहः ब्यबस्था महासघको रहेको छ भने १८ जना मध्य टप फईभ भित्र तुलसिपुर बाट बिमल रिजाल पर्ने आकलन महासघको बर्तमान नेतृत्वले गरेको छ ।

प्रकाशित : २४ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६