कपिलवस्तु २६असार ।कपिलवस्तुको चन्दौटा बजारमा सयको मास्कलाई तिन सयमा बेचे पछि प्रशासनले छापा हानेको छ । सरकारले मास्क अनिवार्य गरे पछि शिवराज नगरपालिका चन्द्रौटामा रहेको गुलशन मेडिकल हल र नीरज मेडिकलले महँगो मूल्यमा मास्क विक्री गरेका थिए । गुलसन मेडिकलले सय रुपैया पर्ने मास्कलाई ३ सय र नीरज मेडिकलले २ सय मा बिक्री गरेका थिए ।
बजार आउने सर्वसाधारणलाई प्रशासनले मास्क लगाउन कडाइ गरे पछि नागरिकहरू मास्क किन्न औषधी पसल पुगेका थिए । बढी रकम लिए पछि प्रशासनमा आज लिखित उजुरी परेको थियो । शिवराज नगरपालिका वडा नं. ५ का स्थानीयले उजुरी दिए पछि साँझ ५ बजे अनुगमन गरिएको थियो । पसलमा रहेका के एन ९५ र सर्जिकल मास्क जफत गरिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख सूर्य बहादुर खत्रीले बताउनु भयो ।
प्रतिक्रिया