गुल्मी २६ असार ।शुक्रबार पहिरोले पुरिएर गुल्मीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस रहेका छन् ।गुल्मीका प्रहरी नायव उपरीक्षक डीएसपी केदारराज पन्तका अनुसार घरदेखि करिब ५ सयमिटरको दुरीमा रहेको खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथिबाट एक्कासी झरेको पहिरोको ढिस्कोले पुरिएर श्रीसको मृत्यु भएको हो ।श्रीमतीसँगै खेतमा गएको बेला श्रीमानलाई पहिरोले पुरेपछि श्रीमतीले आफन्तलाई खबर गरेकी थिइन् ।शवलाई स्थानीय र प्रहरी मिलेर पहिरोबाट निकालेका थिए । मृतक श्रीसको शवलाई पोष्ट मार्टमको लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको डीएसपी पन्तले जानकारी दिए ।
२६ असार २०७७, शुक्रबार
प्रतिक्रिया