शिक्षा

अनलाईन शिक्षालाई वैधानिकता दिन प्याब्सनको माग



कपिलवस्तु २६ असार  प्याब्सन बाणगंंगा नगर समितिले अनलाईन कक्षाको वैधानिकता सहितका दश वुदे माग राख्दै बाणगंगा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।नगर प्रमुख मेयर मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल र प्रमुख प्रशासकिय अधिकृत चुडामणी पंथीलाई संयुक्त ज्ञापन पत्र बुझाउदै यस्तो माग गरिएको हो । प्याब्सन बाणगंगा नगर समिति अध्यक्ष राजु अधिकारीले प्रेस पाटीलाई दिएको जानकारी अनुसार कोभिड १९ कारण संचालनमा आएक कक्षाको निरन्तरता र बैधानिकता दिनु जरुरी भएको छ । 

            ज्ञापन पत्र हस्तान्तरण गर्दै प्याब्सनका केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्रदेव खनालले संस्थागत विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानलाई राज्यले अवमूल्यांकन गरेको बताउनु भयो । त्यस्तै प्याब्सनका केन्द्रिय सदस्य सरोज खनालले संस्थागत विद्यालयका विषयमा सरकारको स्पष्ट धारणा आवश्यक रहेको तर्क गर्नु भयो । प्याब्सन नगर समितिले बुझाएको माग पत्रमा विशेष गरी स्थानिय सरकारको निर्देशनमा आफुहरुले विद्यार्थी भर्ना कार्यक्रम रोकिएकोले विद्यालयले शैक्षिक शत्र २०७६ को बक्यौता समेत लिन नसकेको जनाउदै कार्यरत शिक्षक, कर्मचारीलाई मासिक पारिश्रमिक भुक्तानीका निम्ति स्थानिय बैंक तथा वित्तिय संस्थाबाट न्यूनतम ब्याजदरमा कर्जाको ब्यवस्था मिलाउन स्थानिय सरकारलाई आग्रह गरेको छ ।

        प्याब्सनले लक डाउन अवधीको विजुली, पानी, टेलिफोन छुट गर्दै स्थानिय सरकारले लिने सम्पूर्ण किसिमका कर मिनाहको ब्यवस्था गर्न आग्रह गरिएको छ । त्यस्तै अनलाइन, भर्चूल तथा टिभी, मोवाईल, रेडियो सबै खाले बैकल्पिक विधीबाट कक्षा संचालनका लागि निशुल्क इन्टरनेटको ब्यवस्था गर्न समेत माग गरिएको छ । प्याब्सनले भौतिक रुपमा विद्यालय संचालन भए पश्चात १ सय ८० दिन पुरा हुने भएकाले वाह्र महिनाको मासिक शुल्क विद्यार्थीबाट लिने औपचारिक ब्यवस्थाका लागि आग्रह गरेको छ । दश वुदे माग पत्रमा कक्षा एकको नयाँ पाठयक्रम अनुसारको अंग्रेजी माध्यमको पाठयपुस्तकको ब्यवस्था मिलाउदै  विद्यार्थी भर्ना कार्यक्रमलाई औपचारिक रुपमा यथाशिर्घ निर्णयका निम्ति समेत आग्रह गरेको छ ।

      प्याब्सनले जोर विजोर कक्षा, जोर विजोर रोल नं. विहानी  तथा दिवा शत्रमा कक्षा संचालनको ब्यवस्था मिलाउन आग्रह गरेको छ । ज्ञापन पत्र प्याब्सनका जिल्ला अध्यक्ष शिव गैरे सहित प्याब्सन पदाधिकारीहरुको उपस्थितीमा ज्ञापन पत्र बुझाइएको प्याब्सन बाणगंगा नगर समितिले जनाएको छ ।

प्रकाशित : २६ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६