अर्थ-वाणिज्य

प्राचिन नगरमा १ अर्ब १० करोडको बजेट, चालु आ.व.भन्दा १० प्रतिशत बृद्धि



कपिलवस्तु २६ असार सडक पुर्वाधार विकास तथा कोभिड १९लाई प्राथमिकतामा राख्दै कपिलवस्तु नगरपालिकाले  आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि १ अर्व १० करोड ३५ लाख ७ हजारको बजेट ल्याएउदै सातौ नगर सभाबाट बजेट स्विकृत गरेको छ । चालु आर्थिक बर्ष बिनियोजन गरेको भन्दा १० करोडले बढी वजेट ल्याएको हो ।यो करिव १० प्रशित बृद्धि हो ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद ज्ञवालीले पेश गरेको आर्थिक तथा बिनियोजन बिधयक २०७७ सभाबाट पास भएको छ ।


        बजेट मध्ये पुर्वाधार विकासमा ४७ दशमलव ५६ प्रतिशत, आर्थिक विकासमा ४ दशमलव ९७ प्रतिशत, सामाजिक विकासमा ३४ दशमलव ६१, संस्थागत तथा सुशासनमा १ दशमलव ३८, वन तथा वातावरणमा एक दशमलव ३७, बितीय ब्यवस्थापनमा शुन्य दशमलव शुन्य ५ प्रतिशत, संचालन तथा प्रशासनिक खर्चमा १० दशमलव शुन्य ७ प्रतिशत रहेको छ । मेयर किरण सिंहले बजेट पुर्वाधार, स्वास्थय विकासमा केन्द्रित रहेको वताउनु भयो । नगरपालिमा जारी रहेको फुसको छानोमुक्त अभियानलाई निरन्तरा दिईएको वताउनु भयो ।

     यस्तै कोरोना ब्यवस्थानपमा ६० लाख, नगरपालिकाको आफनै प्राबिधिक प्रयोगशाला संचालनकालागि २९ लाख, एम्बुलेन्सकालागि २४ लाख बजेट बिनियोजन भएको छ । कोभिड १९ का कारण जारी लकडाउनले चालु आर्थिक बर्षमा बिनियोजन भएको ९९ करोड बजेट मध्ये ४० प्रतिशत मात्र खर्च भएको नगरपालिकाका लेखा अधिकृत बलराम न्यौपानले वताउनु भयो । चालु आर्थिक बर्षमा संपन्न हुन नसकेको योजनाहरुलार्इृ आगामी आर्थिक बर्षमा गर्ने गरी निरन्तरता दिईएको छ । मेयर सिंहले जारी लकडाउनका कारण रोजागरी गुमाएकाहरुलाई प्रथमिकतामा राखिएको बताउनु भयो । 

प्रकाशित : २६ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६