झापा, २७ असार । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । भारतको राजस्थानबाट उत्तरप्रदेश हुँदै हावाको वहाहका कारण सलह फेरि नेपाल आउने पूर्व अनुमान गरिएको बेला नगरपालिकाले उक्त निर्णय गरेको छ । सलहबाट कृषिमा हुने क्षति कम गर्न नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो ।
“शत्रु जीव सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि साथै सलह किरा छोप्न किसानहरु उत्साहित होउन भनेर उक्त बजेट छुट्याएका हौँ”, उहाँले भन्नुभयो, “नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी रु १०० दिने छौँ ।” खरिद गरिएको सलह किरा नगरको कृषि शाखाले प्रतिकेजी रु ५० दरले पशु आहारका लागि दाना उद्योगलाई बिक्री गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया