कपिलवस्तु ,
२७ असार २०७७
देशकै पहिलो साझेदारी वन तिलौराकोट साझेदारी वन व्यवस्थापन समिति १० औं बर्षमा प्रवेस गरेको छ । शुक्रवार समितिको कार्यालयमा मिडिया अन्र्तकृया कार्यक्रम गरी १० बर्षमा वनको हैसियतमा सुधार आएको वताईएको छ । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले कपिलवस्तुका वन क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउदा चोरी हुने क्रम घटेको वताउनु भयो ।
साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेले बैज्ञानिक वन व्यवस्थापनले वन क्षेत्रको हैसियतमा सुधार आएको वताउनु भयो । १० बर्ष पछी बनको हैसीयतमा धेरै सुधार भएको छ । राजस्व संकलनमा वृद्धी भएको छ । वन संरक्षण हुदा वन्य जन्तु समेत वढदै गएको पाण्डेको भनाई थियो । सो कार्यक्रमको विच कपिलवस्तुका २ पत्रकार र १ समाजसेवीलाई पुरस्कृत समेत गरीएको छ ।
तिलौराकोट साझेदारी बनले बर्षेनी प्रदान गर्दै आइरहेको साझेदारी बन पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दिलिप कुमार यादव १० हजार नगद र डिभिजन बन कार्यालय कपिलवस्तुले प्रदान गर्ने बन वातावरण र पर्यावरणका क्षेत्रमा कार्यरत पत्रकार जानु पाण्डेलाई नगद १२ हजार ५ सय र बन वातावरणका क्षेत्रमा क्रियाशिल समाजसेवी श्री रविन्द्रनाथ मिश्रलाई नगद १२५०० सहित सम्मान गरिएको थियो । साझेदारी वनबाट चालु आर्थिक बर्षमा ७९ हजार क्युबिक फिट काठ उत्पादन भएको बताईएको छ । समितीका सदस्य शिवलाल यादवका अनुसार ५३ हजार क्युविक फिट सालको काठ र २६५ च्टटा दाउरा संकलन भई घाट गद्दीमा रहेको छ ।
प्रतिक्रिया