अर्थ-वाणिज्य

कृष्णनगरका मेयर शाहले लकडाउन अवधिको भाडा नलिने घोषणा ।



कपिलवस्तु
२७ असार २०७७
लकडाउनका कारण व्यापार ठप्प हुँदा मर्कामा परेका कृष्णनगर नगरपालिकामा रहेको राघवेन्द्र कम्प्लेक्सका २५ व्यवसायीको घर भाडा मिनाहा भएको छ । कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले आफ्नो राघवेन्द्र कम्प्लेक्समा व्यापार गर्ने व्यापारीको घर भाडा मिनाहा गरेका हुन । ‘व्यवसायीको मर्का बुझे । कोरोनाको महामारीले व्यापार चौपट भएको थियो । उनीहरूको अन्य आय स्रोत थिएन ।  व्यापार नहुँदा तिर्न नसक्ने अवस्था देखे पछि राहत होस भनी भाडा मिनाहा गरेको छु । ’ मेयर शाहले भने ।
कृष्णनगरको मुख्य बजार क्षेत्रमा रहेको कम्प्लेक्समा २५ पसल सञ्चालन रहेका छन् । मासिक भाडा मात्र १ लाख बढी सङ्कलन हुने गरेको छ । कम्प्लेक्समा ३ हजार देखी ८ हजार सम्म मासिक भाडा रहेको छ । लकडाउनले मर्का परेको वेला मेयर सावको निर्णयले खुसी भएको एकता उपचार केन्द्रको सञ्चालिका अमिता पाण्डेले बताइन ।

प्रकाशित : २७ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६