कृष्णनगर २७ असार । लकडाउनका कारण व्यापार ठप्प हुँदा मर्कामा परेका कृष्णनगर नगरपालिकामा रहेको राघवेन्द्र कम्प्लेक्सका २५ व्यवसायीको घर भाडा मिनाहा भएको छ । कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले आफ्नो राघवेन्द्र कम्प्लेक्समा व्यापार गर्ने व्यापारीको घर भाडा मिनाहा गरेको वताउनु भयो ।
व्यवसायीको मर्का बुझे कोरोनाको महामारीले व्यापार घाटा भएको छ, व्यापार नहुँदा तिर्न नसक्ने अवस्था देखे पछि राहत होस भनी भाडा मिनाहा गरेको मेयर शाहले वताउनु भयो । कृष्णनगरको मुख्य बजार क्षेत्रमा रहेको कम्प्लेक्समा २५ पसल सञ्चालन रहेका छन् । मासिक भाडा मात्र १ लाख बढी सङ्कलन हुने गरेको छ । कम्प्लेक्समा ३ हजार देखी ८ हजार सम्म मासिक भाडा रहेको छ ।
लकडाउनले मर्का परेको वेला मेयर सावको निर्णयले खुसी भएको एकता उपचार केन्द्रको सञ्चालिका अमिता पाण्डेले वताउनु भयो ।
प्रतिक्रिया