लुम्बिनी

कपिलवस्तु: अब १३ जना मात्र संक्रमित, जिल्ला कोरोना मुक्त हुँदै



कपिलवस्तु २९ असार ।  कपिलवस्तु अबको केही दिन मै कारोनामुुक्त हुने क्रममा छ । जिल्लामा कोरोना संक्रमितको संख्या घटेर अहिले १३ जनामा झरेको छ  । जिल्लाका १० पालिकामा गरी ७ सय ४७ जना संक्रमित फेला परेको थियो । बैखाख २५ गते मायादेबी गाउपालिका– ४ का २ युवामा पहिलो पटक कोरोना देखिएको थियो । त्यस यता जेठको तेश्रो साता सम्म संक्रमितको संख्या निरन्तर बढदै गएको थियो । सरकारले गत जेठ २४ गते नया निर्देशिका जारी गर्दै लक्ष्ण नदेखिएका सक्रमितलाई १४ दिन आइसोलनेमा राखेर घर जान दिने नियम बनाए पछि जिल्लामा कोरोना संक्रमित घटदै गएको हो । जेठको तेस्रो साता सम्म जिल्लामा सात सय सयको हाराहारीमा सक्रमित पुगका थिए ।

         नयाँ निर्देशिका जारी भए पछि संक्रमितको संख्या निरन्तर घट्दै गएको स्वास्थय कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय अनुसार जिल्लाका १० पालिका मध्ये ८ कोरोनामुक्त भईसकेको छ । बाणगंगा र बुद्धभूमि नगरपालिकामा गरी १३ जना मात्र संक्रमित छन । बाणगंगामा ९ र बुद्धभूमिमा ४ जना मात्र संक्रमित छन । जिल्लाको सबै भन्दा बढी १ सय ६८ जना संक्रमित भेटिएको यशोधरा गाउपालिका र दोश्रोमा महाराजगंज नगरपालिकामा १ सय २२ जना संक्रमित भेटिएका थिए । अहिले सो दुई पालिका सहीत, कपिलस्तु, कृष्णनगर, शिवराज बिजयनगर, मायादेबी, सुद्धोदन पनि कोरोनामुक्त भएको छ । अब २ सय ८ जनाको मात्र पिसिआर रिपार्ट आउन बाकी रहेको स्वास्थय कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो 

प्रकाशित : २९ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६