लुम्बिनी

दाङमा करिब १८ बिगाहाको मकैमा सलहले क्षति



दाङ ३० असार ।  दाङको देउखुरीमा आइतवार दिउँसो आएको सलहले १८ बिगाहामा लगाएको मकैमा क्षति पु¥याएको छ । देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ ।गढवा गाउँपालिका र राप्ती गाउँपालिमा गरी करिब १८ बिगाहामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए ।

               ‘सलहले मकैमा ६० देखि ७० प्रतिशत क्षति पु¥याएको छ’, प्रमुख धितालले बताए ।सलहले धेरै मकै बालीमा क्षति पु¥याएको उनको भनाइ रहेको छ । स्थानीय बासिन्दाको अनुसार करिब १ घण्टा जति बसेको धितालले बताए । देउखुरी क्षेत्रमा आइतवार दिउँसो सलह प्रवेश गरेको थियो । अझै सलह आउने सम्भावना रहेको प्रमुख धितालले बताए । कृषकहरुलाई सचेत रहनसमेत आग्रह गरेका छन् ।

              यसअघि असार १६ गते र १७ गते जिल्लामा सलह देखिएको थियो । दोस्रोपटक जिल्लामा सलह प्रवेश गरेसँगै कृषकहरु चिन्तित भएका छन् । तयारी हुन थालेको मकै, र भर्खरै मात्र रोपिएको धान तथा तरकारी बालीमा समेत क्षति पु¥याउने चिन्तामा कृषकहरु रहेका छन् ।आइतवार दाङमा आएको सलह यसअघि आएको भन्दा ठूलो संख्यामा रहेको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिए ।

          राप्ती गाउँपालिकामा दिउँसो करिब डेढ बजेतिर सलह देखा परेको उनको भनाइ रहेको छ ।जिल्लाको दक्षिणतर्फ सिमाना भारतबाट सलह प्रवेश गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । देउखुरी क्षेत्रमा बसेको सलह पूर्व र उत्तरतर्फ लागको थियो । सलह बसेपछि स्थानीयहरुले धुँवा बनाउने, आवाज निकाल्ने गरेर धपाउने गरेका थिए । स्थानीयको पहलमा नै सलह धपाइएको कृषि ज्ञान केन्द्रका प्रमुख धितालले बताए । ‘स्थानीयको उत्साहपूर्ण प्रयासले सलह धपाउन सकिएको हो’, प्रमुख धितालले भने ।

रातोपाटी

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६