लुम्बिनी

घुस लिएको अभियोगमा उद्योग अधिकृत पक्राउ



राझा, ३० असार । घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई रु ९६ हजार तीन सय घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको छ । ठेक्काको लाइसेन्स बनाइदिने बहानामा सेवाग्राहीसँग घुस लिएको अभियोगमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौँ तहका अधिकृत ओलीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो । 

        उहाँका अनुसार विशेष सूचनाका आधारमा खटिएको आयोगको टोलीले ओलीलाई अपराह्न साढे १२ बजेतिर पक्राउ गरेको हो । घटनास्थलको मुचुल्का गरी आवश्यक अनुसन्धानका लागि अधिकृत ओलीलाई सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेकोे छ । -रासस

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६