अर्थ-वाणिज्य

दुग्ध विकास संस्थानको उपहार योजना



काठमाडौँ २ साउन । दुग्ध विकास संस्थानले सात दिनका लागि उपभोक्ता उपहार योजना ल्याएको छ ।  संस्था स्थापना भएको ५२ वर्ष पुगेका उपलक्ष्यमा संस्थानका बिक्री केन्द्रबाट यही साउन ७ गतेसम्मका लागि दही, आइसक्रिम र पोली दही उपहार योजना ल्याएको संस्थानका बजार निर्देशक सञ्जीव झाले बताउनुभयो ।याकको चीज ५०० ग्राम खरीद गरेमा ५ मिलिलिटर दही, २०० ग्राम खरीद गरेमा १०० मिलिलिटर आइसक्रिम, एक लिटर घिउ खरीदमा ५०० मिलिलिटर पोली दही, ५०० मिलिलिटर घिउ खरीदमा १०० मिलिलिटर दही, एक केजी नौनी खरीदमा ५०० मिलिलिटर दही र ५०० मिलिलिटर कञ्चन चिज खरीदमा १०० मिलिलिटर आइसक्रिम उपहार दिने भएको छ । संस्थानले ४४ जिल्लामा एक हजार दुई २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत करीब दुई लाख किसानको संलग्नतामा दूध सङ्कलन गर्दै आएको छ ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६