कपिलवस्तु २ साउन ।
लुम्विनी साझेदारी वन कञ्चन रुपन्देहीले सामाजिक विकास तर्फ सिचाईको लागी बजेट विनियोजन गरेको छ । वनले साविकका १६ वटा गाविसलाई ४ ् ४ लाख कृर्षि सिचाईको लागी छुट्टाएको ब्यवस्थापन समितीका अध्यक्ष जविउल्लाह खाँले वताउनु भयो । “ हामीले ं सम्झौता गर्छौ ,सम्झौता अनुसार उपभोक्ताले उपभोक्ता समिती बनाएर काम गर्छन अध्यक्ष खाँ ले भन्नुभयो । त्यस्तै वनले प्रत्येक वर्ष १ लाख २५ हजार विरुवा विभिन्न स्थानमा रहेका १० वटा नर्सरीलाई उपलव्ध गराउँर्दै आएको छ ।
वनले विधालय तर्फ प्रत्येक बर्ष छात्रावृति वितरण समेत गर्दै आएको छ । “साविकको एक गाविसबाट एक बिधालय छनौट गरि १६ वटा विधालयको समितीले गरिब जेहेन्दार बिधार्थी छनौट गरि प्रत्येक विधालयका १२ जना छात्रछात्रालाई शैक्षिक सामाग्री दिदैँ आएको अध्यक्ष खाँले प्रेसपाटी सगं बताउनुभयो ।
वनले हालका सैनामैना ,लुम्विनी सास्कृतिक नगरपालिका , कञ्चन र गैडहवा ,मायादेवि र कोटीइमाई लगायतका ६ पालीकाको २५ हजार ९ सय ३४ घरधुरीका १ लाख ६५ हजार १ सय ५७ जनसंख्या वनका उपभोक्ता रहेका छन् । वनको उत्पादनका रुपमा काठ दाउरा र घासपातले स्थानीय आश्रित उपभोक्तालाई दैनिक उपभोगमा सहजता थपेको अध्यक्ष खाँको भनाइ छ ।
प्रतिक्रिया