तौलिहवा ३ साउन ।संविधानको मौलिक हक मै भूमिहिनलाई भूमि उपलब्ध गराउने उल्लेख भएकाले आफनो कार्यकलमा समस्या हल गर्ने भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष देवी ज्ञवालीले वताउनु भएको छ । राज्यले दिएको जिम्मेवारी पूरा गर्न आफू लागि पर्ने वताउदै वर्तमान आयोग बिगत भन्दा भिन्न भएको उहाँको भनाई छ । उहाले यो आयोग सुकुम्वासीका क्षेत्रमा सबै भन्दा प्रभावकारी हुने ठोकुवा गर्नु भएकोछ ।
प्रेसपाटीकालागि टेलिफोन मार्फत कुराकानी गर्दै उहाँले यस्तो दावि गर्नु भएको हो । उहाले बिगतका आयोगहरुले निश्चित वर्गका लागि काम गर्दथे तर हामीले १४ लाख परिवारको सेरोफेरोमा रहेर काम गरेको र । भुमि सम्बन्धी आठौं संसोधनद्धारा गठित आयोगले जिल्ला तथा बिभिन्न पालिकामा आधारित भई काम अगाडि बढाउने कार्य भएको वताउनु भयो ।
लामो समयको हरवा मुक्त आन्दोलनपछि राज्यले कमैया र हलियामुक्त गरीसकेको भए पनि उस्तै प्रकृतिको हरुवा चरुवा आज सम्म पनि अन्यायमा बाँच्नु परेको राष्ट्रिय मुक्ती आन्दोलन नेपालका केन्द्रिय सदस्य पुुनम गिरीले बताउनु भयो । लामो समयदेखि बाणगंगा नगरपालिका वडा नम्बर २ बैजालपुर स्थित सुकुम्वासी वस्तीमा बसोवास गर्दै आउनु भएका राम कृष्ण थारुले नेताहरूले सुकुम्वासी समस्यालाई भाषणमा मात्र होइन व्यवहारमा पनि लागू गर्नुपर्ने वताउनु भयो ।
वाणगङ्गा नगरपाालिका प्रमुख मंगल प्रसाद थारुले स्थानीय चुनावमा निर्वाचित भएको केहि महिनामै सुकुम्वासी समस्या हल गर्ने बिश्वास दिलाएको सुकुम्वासी बस्तीका केहि अगुवाहरुले वताएका छन् । सोहि प्रसँङगमा प्रमुख थारुले पालिकामा भुमिहिन सुकुम्वासीको तथ्यांक लिईरहेको र आयोगसंग मिलेर अब छिटै उनीहरुको ब्यवस्थापनमा आफुहरु लाग्ने वताउनु भयो । यो समस्या वाणगङ्गा नगरपालिकाको मात्र होईन कपिलवस्तु जिल्लाको १० वटै स्थानिय पालिकामा यथावत रहेको छ ।
प्रतिक्रिया