अर्थ-वाणिज्य

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ९४ हजार पुग्यो



काठमाण्डौ ७ साउन । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १३ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ आज तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

         कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घ अन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभएको छ ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६