अर्थ-वाणिज्य

१३ टन कोदो गोदाममा थन्क्याएर २२ लाख ४५ हजारको चामल राहतमा



गुल्मी ७ साउन   जिल्लाको इश्मा गाउँपालिकाले स्थानीय उत्पादन  १३ टन कोदोलाई गोदाममा थन्क्याएर  २२ लाख  ४५ हजारको चामल खरिद गरी राहत वितरण गरेको  खुलेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण दैनिक काम गरी साँझ बिहान खाने मजदुरहरूलाई समस्या परेको भन्दै राहत स्वरूप गाउँपालिकाले खाद्यान्न वितरण गरेको थियो ।

         गाउँपालिकाले पालिका भित्रका अति विपन्न एक हजार २४६ घर परिवारलाई बजारका चामल खरिद गरी राहतको नाममा वितरण गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले आफूले राहतमा चामल भन्दा स्थानीय उत्पादन कोदो वितरण गरौँ भन्दा  कार्यपालिकाको बैठकमा आफू अल्पमतमा परेको बताएका थिए । 

        गाउँपालिकाले स्थानीय  इस्मा कृषि तथा पशु महिला सहकारी संस्था र भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत कोदो खरिद तथा बजारीकरणको काम गरेको छ । अहिले त्यी सहकारीको गोदाममा १३ टन कोदो प्रशोधन गरी गाउँपालिकाको लोगो लगाई प्याकिङ सहित यसै थन्किएर बसेको छ । पहिले गाउँपालिकाले इश्माको कोदोले बजार नपाएको भन्दै हल्ला समेत मच्चाए अहिले आफूसँग भएको कोदो गोदाममा थन्क्याएर बजारको चामल खरिद गरी वितरण गरेको हो ।  कोदो उत्पादन गर्ने किसानहरूलाई प्रति केजी ५० रुपैयाँका दरले सहकारी मार्फत गाउँपालिकाले लिएको हो ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६