लुम्बिनी

प्रदेश नं ५ : भूमि आयोग सदस्य बस्नेतलाई मनोनयनपत्र प्रदान



बुटवल ८ साउन ।  भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा प्रदेश नं ५ सरकारको तर्फबाट मनोनयन गरिएका दाङका शोभाराम बस्नेतलाई बुधबार सदस्य पदको मनोनयनपत्र प्रदान गरिएको छ । प्रदेश नं ५ सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दाङका बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरिएको थियो ।सङ्घीय सरकारले बनाएको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार आयोगको सदस्यमा सम्बन्धित प्रदेश सरकारले एकसदस्य मनोनयन गर्ने व्यवस्था भएअनुसार प्रदेश सरकार मन्त्रिपरिषद्ले बस्नेतलाई सदस्यमा मनोनयन गरेको हो ।

       आदेशमा सङ्घीय सरकारले अध्यक्षसहित एक जना विज्ञ समावेश हुने गरी चार जना सदस्य तथा नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सदस्यसचिव रहने गरी आयोग गठन गर्ने व्यवस्था गरिएको छ । बस्नेतलाई प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मनोनयनपत्र प्रदान गर्नुभएको हो ।

प्रकाशित : ८ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६