अर्थ-वाणिज्य

बाणगंगालाई सफलताको लर्काे, फेरी देशकै सर्वाेत्कृष्ट नगरका रुपमा सम्मानित हुदै



कपिलवस्तु ९ साउन कपिलवस्तुको बाणगंगा नगरपालिकालाई सफलताको लर्काे नै लागेको छ। नेपाल नगरपालिका संघले यसपाली मुलुककै सर्वाेत्कृष्ट  नगरपालिकाका रुपमा छनौट गरेकोछ । केहि महिना अघि विश्वका उत्कृष्ट १०० शहरको सूचीमा परेको वाणगंगा २ दिन अघि मात्र न्यून बेरुजुका हिसावले  देशकै दोश्रोमा परेको थियो भने प्रदेशमा पहिलो नम्वरमा परेको थियो ।

    फेरी यसपाली  शुसासन तथा सेवा प्रवाहको क्षेत्रमा देश मै सर्बाेत्कृष्ट हुन सफल भएको छ । नेपाल नगरपालिका संघले बाणगंगलाई देशकै सर्बाेत्कृष्ट नगर घोषणा गर्दै पुरस्कारका ग्रहणकालागि पत्र पठाएको उपमेयर चक्रपाणी अर्यालले प्रेसपाटीलाई जानकारी दिनु भयो ।उहाले भन्नु भयो नगरका तर्फवाट पुरस्कार र सम्मान ग्रहण गर्न साउन १० गते काभ्रे पुग्ने कार्यसूची तय भएको छ । पुरस्कार ग्रहणमा उपमेयर चक्रपाणी अर्याल सहभागि हुने नगरले जनाएको छ ।

         ८३ वटा सूचकका आधारमा गरिएको मूल्यांकनवाट कपिलवस्तुको वाणगंगाका र इलामको देउमाई नगरपालिका सर्टलिष्टमा छनौट भएको पत्र ३ महिना अघि नगरपालिकामा आएको प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले वताउनु भयो । २ वटा मात्र नगर सर्टलिष्टमा  परेपछि उत्कृष्ट हुने आश जागेको वताउदै अहिले देशकै सर्वाेत्कृष्टमा पर्न सफल भएको भनेर आएको पत्रले अत्यन्तै उत्साहीत बनाएको अधिकृत पन्थीको भनाइछ । 

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६