अर्थ-वाणिज्य

कागज पत्र बिना, ५१ टन लिएर गुड्छन् भारतीय मालवाहक ट्रक ।



कपिलवस्तु ११, साउन 

लकडाउन खुले लगत्तै चेक जाँच सुरु गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कपिलवस्तुले १२ भारतीय सवारी साधन नियन्त्रणमा लिएको छ । कोरोना महामारीको वेला बन्द भएको चेक जाँच साउन लागे पछि सुचारु भएको छ । ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका भारतीय सवारी साधनले क्षमता भन्दा अत्यधिक भार बोकेका थिए । नियन्त्रणमा लिए मध्ये ६ सवारी साधन सँग कागजपत्र समेत छैन । उनीहरूलाई शुक्रवार राती १० बजे नियन्त्रणमा लिइएको थियो । 

नियन्त्रणमा लिइएका ट्रकले ५१ टन सम्म भार लिएर हिँडेका छन् । १८ चक्के ती सवारी साधनको भार वाहन क्षमता २९ टन मात्र हो । राजन कुमार कनोडिया, ऋदी सिद्धी ट्रेडिंग कम्पनी कपिलवस्तुको नाममा भन्सार प्रज्ञापन पत्र मा ४०८.५ टन सामाग्री ढुवानी भएको देखिन्छ । ती सामाग्री ८ ट्रकबाट ढुवानी गरिएको छ । एक सवारी साधनमा ५१ टन भन्दा बढी सामाग्री ढुवानी गरिएको छ । भार वाहन क्षमता अनुसार ती सामाग्री ढुवानी गर्दा १३ वटा ट्रक प्रयोग गनूँ पर्ने हुन्छ । तर ८ वटा ट्रक प्रयोग गरिएको छ । 

ओभर लोडका कारण पाँच सवारी साधन नेपाल भित्र छिर्दा आउने राजस्व समेत गुमेको छ । यता भारतीय सवारी साधनका सवारी चालकले कागजपत्र आफूहरू सँग नरहेको बताए । उनीहरू सँग प्रतिलिपि समेत छैन । केही सवारी धनीले आफै राखेको र केही भारतीय प्रहरीले राखेको सवारी चालक बताउँछन् । नेपालको कृष्णनगर नाका हुँदै आउने ती माल बाहक ट्रकले सिमेन्ट उद्योगका कच्चा पदार्थ ढुवानी गर्दै आएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक टक्कर स्वारका अनुसार नियन्त्रणमा लिइएका ट्रकका भार कम गराई जरिवाना गरी छाड्ने बताए । क्षमता भन्दा धेरै भएका सामाग्री अर्को सवारी साधनमा राखी पठाउनका लागी ट्रक चालक मार्फत सवारी धनीलाई अनुरोध गरिएको छ । सवारी धनी अहिले सम्म सम्पर्कमा आएका छैनन् । 

प्रकाशित : ११ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६