अर्थ-वाणिज्य

सहकारी संस्थाका सदस्यलाई ऋण तिर्ने अवधि थप ।



समितिको निर्णयले ६ महिना र नियामक संस्थाको पूर्व स्वीकृति लिई १ वर्ष अवधि थप गर्न मिल्ने

कपिलवस्तु

कोरोनाका
कारण कर्जा तिर्न समस्या परेका सहकारीका ऋणीहरूलाई राहत हुने भएको छ ।
कोरोना प्रभावित ऋणीहरूका लागी एक वर्ष सम्म समय अवधि थप गर्न मिल्ने गरी
सरकारी विभागले प्रावधान ल्याएको छ । विभागले शुक्रवार देश भरीका सहकारीका
लागी १० बुँदे मार्गदर्शन तथा निर्देशन जारी गरेको छ । 

निर्देशनमा
कोरोनाका कारण प्रभावित भई असार मसान्त सम्म कर्जा तिर्न नसकेका ऋणीलाई
जोखिम मुल्याकन गरी भाखा सार्न सकिने व्यवस्था गरेको छ । अव सहकारीहरूले
ऋणीको व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिम मुल्याकन गरी ६ महिना सम्म
भाखा सार्न सक्छन् । भाखा सार्नका लागी जोखिम मुल्याकन समितिले निर्णय
गर्नु पर्ने छ । सञ्चालकको संयोजकतामा ३ सदस्यीय जोखिम मुल्याकन समिति गठन
हुने व्यवस्था समेत रहेको छ ।

सहकारीले नियामक संस्थाको पूर्व स्वीकृति
लिएर १ वर्ष सम्म भाखा सार्न सक्ने छन् । म्याद थप गरे बापत सरकारीले
सदस्यबाट जरिवाना र अतिरिक्त शुल्क समेत लिन पाउने छैनन् ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६