अर्थ-वाणिज्य

सुजुकीको नयाँ भिटारा ब्रेजा सार्वजनिक



कपिलवस्तु १२ साउन । नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ । स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचर रहेका छन् । १४६२ सीसीको ‘के–सिरिज’ बीएस ६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले निश्चित रुपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरेको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ । ‘नेपाली ग्राहक कार छनोटमा कुनै सम्झौता गर्नुहुन्न ।


    चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभीमध्ये पर्छ । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । हामीलाई विश्वास छ यो नयाँ एसयुभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पु¥याउनेछ,’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भन्नु भयो । सन् २०१६ मा सार्वजनिक भएको भिटार ब्रेजाले केही समयमै अटो बजारमा तहल्का मच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको थियो । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशाली मात्र बनेको छैन यसमा सेग्मेन्टमै सबैभन्दा बढी फिचरहरु छन् ।

              नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर छन् । साथै यसमा १७\७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल रहेका छन् । नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको छ । स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर  प्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्र्डको रुपमा राखिएको छ । 

e]l/oG6

ahf/ d”No

VXi

? $!,^(,)))÷–

ZXi+

? $$,^(,)))÷–

बजार मूल्यमा सुरुवाती छुट रु ३,७०,०००  पहिलो ५० भिटारा ब्रेजा विक्रीमा मात्र लागू गरिएको सगरमाथा अटोमोबाईल बैरियाले प्रेसपाटिलाई जानकारी दिएको छ । ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६