लुम्बिनी

खोलाले बगाएका एम्बुलेन्स प्रहरीद्वारा बचाउ



तुलसीपुर १४ साउन । बाढीले आज बिहान बगाएका दुई एम्बुलेन्सको प्रहरीले बचाउ गरेको छ । जिल्लाको लमही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोला र सिस्ने खोलामा आएको बाढीले बगाएका एम्बुलेन्सलाई प्रहरीको सक्रियतामा एम्बुलेन्समा सवार बिरामीसहित सकुशल बचाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । बिहान ५ः०० बजेतिर नारायणपुरबाट तुलसीपुर आउँदै गरेको रा१च ८९२ नंको एम्बुलेन्सलाई घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुर खोलामा आएको बाढीले बगाएको थियो ।

              २० मिटर तल बगाएको उक्त एम्बुलेन्सलाई प्रहरी नायब निरीक्षक भीमबहादुर सुनारसहित पुगेको सात जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी उपरीक्षक गणेश चन्द सहितको २० जनाको टोलीले सकुशल बचाएको हो । उक्त एम्बुलेन्समा पाँचजना सवार थिए । त्यस्तै, आजै बिहान ५ः०० बजेतिर घोराही उपमहानगरपालिका–४ स्थित सिस्नेखोलाले पनि कपिलवस्तुबाट तुलसीपुर आउँदै गरेको रा१च ८११ नंको एम्बुलेन्स सिस्नेखोलाले सडकदेखि १५ मिटर तल बगाएको अवस्थामा प्रहरीले बचाएको थियो । जिल्लाका पत्रेखोला, सिस्नेखोला, हापुरखोलामा पुल नहुँदा बर्सातको समयमा सास्ती खेप्नु परेको छ ।

प्रकाशित : १४ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६