बुटवल, १७ साउन । प्रदेश ५ को राजधानी शहरमा सडक क्षेतविक्षेत हुँदा ३ बटै तहका सरकारको इज्जतमाथि धक्का पुगेको बुटवलको मुख्य राजमार्ग चौराहदेखि ट्राफिक चोकको सम्मको सडक मर्मत तीब्र बनेको छ । राजमार्गमा भएका खाल्डाखुल्डीले दुर्घटनाको सम्भावना बढाएको भन्दै चौतर्फी आलोचना भएपछि सडक तीनदिन देखि मर्मतको काम सुरु भएको हो ।
सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि शुक्रबारवाट रोलरको प्रयोग गरेर अस्पताल लाइनमा मर्मत सुरु गरिसकिएको बुटवल–बेलहिया व्यापारिक आयोजनाले जनाएको छ ।हाल चौराहदेखि गोलपार्कसम्मको ८२ फुट कायम हुने सडक घरधनीहरूले अदालतमा मुद्दा हालेपछि रोकिएको छ । यस्तो अवस्थामा आयोजनाले केही सहयोग गरेपछि निर्माण कम्पनीले सडकको मर्मत सम्भार गरेको सूचना अधिकारी सारुको भनाइ छ ।
डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले शुक्रबार बिहानैदेखि पानी नपरेका कारण मर्मत गर्न सुरु गरिएको बताए ।
प्रतिक्रिया