अर्थ-वाणिज्य

प्रदेश ५ सरकारको बजेट समिक्षा,सञ्चित कोषमा साढे ८ अर्ब



रुपन्देही २१ साउन प्रदेश ५ सकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट खर्चको समीक्षा गर्दै देशभरमा उत्कृष्ट भएको ठहर गरेको छ । साथै असार मसान्त सम्म प्रदेश सरकारको सञ्चित कोषमा ८ अर्ब ४९ करोड ५३ लाख ९२ हजार बचत देखिएको जनाएकोछ ।  प्रदेश सरकारले गत आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गरेको थियो । सरकारको पूँजीगततर्फ ७९.२९ र चालूतर्फ ६०.५४ प्रतिशत गरी कूल ७०.१ प्रतिशत बजेट खर्च भएको हो।

        सरकारले कोरोना महामारीकाबीच पनि ७० प्रतिशतभन्दा बढी बजेट खर्च हुनु सन्तोषजनक अवस्था भनेको छ। प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले कोरोना भाइरस (कोभिड–१९ को विषम परिस्थितिमा पनि ७० प्रतिशतभन्दा बढी बजेट खर्च हुनु प्रदेश सरकारको उपलब्धि रहेको दाबी गर्नु भयो । सरकारले ३ अर्ब ४८ करोड ९१ लाख १२ हजार आन्तरिक राजश्वतर्फ राजश्व समेत संकलन गरेको छ। त्यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँड, अनुदानको रकम र प्रदेश सरकारको आन्तरिक राजश्व गरी प्रदेश सरकारले यस आर्थिक वर्षमा कूल ३४ अर्ब २ करोड २८ लाख ५८ हजार आर्य गरी रु २५ अर्ब ५२ करोड ९२ लाख २९ हजार खर्च समेत गरेको गौतमले बताउनु भयो ।

        मन्त्रालयगत बजेट खर्च हेर्दा सबैभन्दा बढी भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले ८३.१८ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारको सबैभन्दा धेरै बजेट पनि भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलाई विनियोजन भएको छ। त्यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयकोले ६९.८६, सामाजिक विकास मन्त्रालयको ७६.८६ खर्च गरेका छन् ।महामारीका समयमा पनि प्रदेश सरकारले विभिन्न विकास आयोजनाहरु अगाडि बढाएको छ ।

        कोरोना महामारीमा निर्माण गरेका आइसोलेसन अस्पतालको अवधारणा ल्याई अस्पतालका नियमित सेवा समेत सुचारु गरेको छ। स्वास्थ्य पूर्वाधारको लुम्बिनी प्रादेशिक अस्पताल विकास, रुकुम पूर्वमा  अस्पताल निर्माणको तयारी, दाङको लमहीमा ट्रमा सेन्टर निर्माणको तयारी सरकारले गरिरहेको छ। 

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६