काठमाडौं २५ साउन। लगातार बढेको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँ घटेको छ । शुक्रबारसम्म बढेको सुनको मूल्य आज ९ सयले घटेपछि तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अन्तर्राष्टिय बजारमा आज १८ डलरले मूल्य घटेपछि नेपालमा पनि केही सस्तो भएको जनाइएको छ । शुक्रबार सुनको मूल्य तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।यस्तै आज सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
२५ श्रावण २०७७, आइतबार
प्रतिक्रिया