लुम्बिनी

प्रदेश ५ : छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु



बुटवल २६ साउन । प्रदेश ५ मा भएका छुट्टाछुट्टै  घटनामा चार जनाको मृत्यु भएको छ ।  ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाडका अनुसार रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र रोल्पामा भएका छुटाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो ।रुपन्देहीको रोहिणी गाउँपालिका–३ बस्ने १८ वर्षकी आषिया दर्जीको इँटा बनाउन माटो निकालिएको खाल्डोमा डुबेर मृत्यु भएको छ । उनी बुवासँगै इँटा उद्योग बस्ने गरेकी थिइन् ।यता, कपिलवस्तुमा घर भत्काउने क्रममा छतबाट खसेर शिवराज नगरपालिका–३ का चिन्का चौधरीको मृत्यु भएको छ । शिवराज न पा–१ बेलउति चोक बस्ने विनोद कुँवरको एक तले घरको ढलान भत्काउने क्रममा छतबाट खसेर मृत्यु भएको हो ।

                   उता, रोल्पाको परिवर्तन गाउँपालिका–६ टुनिडाँडा बस्ने ३६ वर्षका दलबहादुर बुढा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । उनको अत्यधिक मात्रा मदिरा सेवन गरेको खूलेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।अर्घाखाँची सन्धिखर्कमा पनि एक जनाको सुतेकै ठाउँमा मृत्यु भएको छ । प्रहरीका अनुसार सन्धिखक नगरपालिका–८ खाला घर भइ हाल सन्धिखर्क–२ पुरानो बसपाकर्मा बस्ने वर्ष ३५ का गोविन्द खत्रीको सुतेको ठाउँमा बेहोस भएका थिए । सोमबार बिहान श्रीमतीले बेहोस अवस्थामा फेला पारी उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६