रुपन्देही २६ साउन । रुपन्देहीमा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका ३ मा रहेको हीरा इट्टा उद्योगमा माटो निकालेको खाल्डोमा जमेको पानीमा डुबेर १८ वर्षकी आशिया दर्जीको मृत्यु भएको हो। रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले सोही ईटा उद्योगमा बस्ने गब्बु दर्जीकी छोरी आषिया दर्जी आइतबार दिउँसोबाट हराइरहेको र खोजतलास गर्दा मृत फेला परेको बताए।
२६ श्रावण २०७७, सोमबार
प्रतिक्रिया